२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सशक्त बालिका परियोजना : गेरुवा गाउँपालिकामा दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिने

ADV
सन्तोष पौडेल
२०८१ साउन २८ गते २०:५१
सशक्त बालिका परियोजना : गेरुवा गाउँपालिकामा दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिने

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा ‘सशक्त बालिका परियोजना’ को दोश्रो चरणको कार्यक्रम सञ्चालन गरिने भएको छ । राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाद्वारा पालिकामा आयोजित समन्वय तथा समीक्षा कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । 

कार्यक्रममा परियोजनाले समेटेका विद्यालय र समुदायका बालबालिका, किशोर किशोरी तथा युवाहरू साथै विशेषगरी किशोरी र युवा महिलाहरू आफ्नो अधिकारको बारेमा जानकार भइ बालविवाह, छिटो विवाह र जबरजस्ती विवाहबाट मुक्त भइ स्वतन्त्र रुपमा जीवनयापन गर्न सफल हुने परियोजनाले लक्ष्य लिइएको परियोजनाका संयोजक मनोज पौडेलले जानकारी दिए । 

उनले परियोजनाले प्रारम्भिक बाल विकास, बाल संरक्षण, बाल अधिकार, शिक्षा, स्वास्थ्य तथा पोषण, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, लैंगिक समानता तथा न्याय, संरक्षण मानवीय कार्य, नेतृत्व विकास, खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा विविध कृयाकलापहरू गरिने बताए । 

कार्यक्रममा परियोजनाका संयोजक पौडेलले परियोजना अन्तर्गत आ.व.२०८०/०८१(सन २०२३/०२४) मा सम्पन्न भएका क्रियाकलापहरूको लक्ष्य तथा उपलब्धीहरू र खर्च विवरण प्रस्तुत गर्दै करिब गेरुवा गाउँपालिकामा २२ लाख रुपैयाँ खर्च भएको प्रतिवेदन प्रस्तुत गरे । चालु आ.व. २०८१/०८२(सन् २०२४/०२५) मा परियोजनामार्फत गरिने क्रियाकलापहरू तथा लक्षित बजेटको बारेमा जानकारी दिँदै उनले परियोजनाको दोस्रो चरणमा १८ लाख बढी रकम खर्च गरिने जानकारी दिए । ‘सशक्त बालिका परियोजना’ बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाइ देखि सञ्चालनमा रहेको छ । परियोजना जुन २०२५ सम्म सञ्चालनमा रहनेछ । 

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारीले परियोजनाले गेरुवा गाउँपालिकाको शैक्षिक स्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सञ्चालन गरिएका गतिविधिले विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउनमा भूमिका खेलेको बताए । 

उनले परियोजनाले गरेका राम्रा अभ्यासहरूलाई सम्पूर्ण सरोकारवालाहरूले जिम्मेवारी बोधसहित काम गर्नुपर्ने, विशेषगरी स्थानीय सरकारले यस कार्यमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै यस कार्यका लागि आफ्नो तर्फबाट सहकार्य, समन्वय तथा सहयोग सदैव रहने प्रतिबद्धता जनाए । 

कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु तथा प्रतिनिधिहरु, संस्थाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise