२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

ADV
लालबाबु बानिया
२०८१ साउन २८ गते २१:२१
दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

पर्सा : पर्साको धोबिनी गाउँपालिका वडा नं.२ भिखमपुर गाउँ नजिक दर्शनार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युु भएको छ । 

दुर्घटनामा आधा दर्जन बढी दर्शनार्थीहरु सामान्य घाइते भएका छन् । पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षा रामभौरी भाथा दुधेश्वरनाथ बाबाको दर्शन गरी मेला हेरेर फर्किरहेको अवस्थामा जानकी टोलदेखि हरिहरपुर जाने नहर बाटोमा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकी गाउँका ५० वर्षीय प्रेम मुखिया बिन रहेको इलाका प्रहरी कार्यालय पोखरियाका  प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । 

भाथा बाबाको मेला हेरी टिहुकी घरतर्फ फर्की रहेको प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । शवलाई नारायणी अस्पताल पठाइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise