२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा...

ADV
रासस
२०८१ साउन २८ गते २२:१२
आकर्षक तलब र ग्रीनकार्डको लोभमा पर्दा...

काठमाडौं : वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छन् । लामो यातनापछि उनी भागेर नेपालीहरुकै सहयोगमा घर फिर्ता हुन सफल त भइन्, तर ती महिला ठूलो आर्थिक रकम गुमाउन पुगिन् भने यौन र श्रम शोषणमा परेर विक्षिप्त भइन् ।

नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा उक्त घटनामा संलग्न रहेको आरोपमा सोमबार एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उक्त घटनाका अभियुक्त झापाका ५४ वर्षीय वृद्धिराज न्यौपानेलाई सोमबार काठमाडौं महानगरपालिका–७ गौरीघाटबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा पाँच दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान थालिएको छ ।

अभियुक्त न्यौपानेले आर्थिक अवस्था कमजोर भएकी पीडित महिलालाई मौरिससमा मासिक ७० हजार कमाइ हुने र ग्रीनकार्डसमेत पाइने प्रलोभनमा विश्वास दिलाएर पु¥याएका थिए । उनले त्यहाँ पुग्नका लागि भन्दै पीडितबाट दुई लाख ५० हजार रूपैयाँ लिएका अनुसन्धानमा खुलेको ब्युरोले जानकारी दिएको छ । शुरुमा उनले गत माघमा मौरिसस पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मौरिसस लेखिएको क्याप टोपी लगाउन लगाइ फोटो खिचे । पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्बिर पठाए ।

प्रहरीका अनुसार त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मैरिसस पुर्‍याए । त्यही टोपीका आधारमा पहिचान गरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई रिसिभ गरी मौरिसियन नागरिकलाई जिम्मा लगाएको पनि अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरुप खरिद गरी ल्याएको भनि दैनिक १७/१८ घण्टा घरको काम लगाइ समयमा खाना खान र तलबसमेत नदिइ चरम श्रम शोषण तथा यौनशोषण गरेको पीडित महिलाले ब्युरोमा बयान दिएकी छन् ।

पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भनेबमोजिम गर्न भनि डर, धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगल पुगेको र त्यहाँ रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन् । त्यसपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा जाहेरी दिएपछि प्रहरीले अभियुक्तको खोजी थालेकामा सोमबार न्यौपाने पक्राउ परेका हुन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise