२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जसपा नेपालको बैठकमा अभिमुखीकरण तथा प्रशिक्षण दिइँदै

Nada
२०८१ साउन २९ गते १३:५३
Shares
जसपा नेपालको बैठकमा अभिमुखीकरण तथा प्रशिक्षण दिइँदै

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ । 

ncell

आजको बैठकमा ‘नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका र जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा’ विषयमा नेताहरुलाई प्रशिक्षण दिइने सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । 

उनले भने, “प्रशिक्षण सम्पन्न भएसँगै आइतबार बैठकमा प्रस्तुत गरिएको पार्टीको राजनीतिक एवं सङ्गठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ, साथै बैठकले केन्द्रीय समिति सदस्यहरुलाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाउने गरी कार्यविभाजन गर्नेछ ।”

उक्त बैठक बुधबारसम्म चल्ने सो पार्टीले जनाएको छ । सोमबारको बैठकमा विजयकान्त कर्णले ‘वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध’, प्राध्यापक प्रणव खरेलले ‘सामाजिक लोकतन्त्र र समाजवादको आधारभूत अवधारणा’, अधिवक्ता शङ्कर लिम्बूले ‘संविधानमा समुदायको प्रस्ताव’ र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा उमाशङ्कर प्रसादले ‘समाजवादी लोकतन्त्रको आर्थिक पक्ष विषय’ शीर्षकमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएको बस्नेतले बताए  ।

ताजा खबर

सम्बन्धित खबर