२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

सार्कका विविध पक्षबारे छलफल

draupadi film
मध्यान्ह
२०८१ साउन २९ गते १६:२२
सार्कका विविध पक्षबारे छलफल

काठमाडौँ : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ । 

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिनुभएको सार्क सचिवालयले जनाएको छ ।

सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हाल्नुभएकामा मन्त्री राणाप्रति बधाईज्ञापन गर्नुभयो । 

भेटका अवसरमा उहाँहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise