२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सेप्टेम्बरदेखि मलेसियामा नयाँ कामदारको एप्रुभल खुल्दै, बंगलादेश संकटले नेपाललाई मौका

ADV
२०८१ साउन ३० गते ०६:३५
सेप्टेम्बरदेखि मलेसियामा नयाँ कामदारको एप्रुभल खुल्दै, बंगलादेश संकटले नेपाललाई मौका

काठमाडौं : मलेसियाले आगामी सेप्टेम्बरदेखि विदेशी कामदारको नयाँ एप्रुभल खुला गर्ने भएको छ । विदेशी कामदारको कोटा पूरा भएको भन्दै मलेसियाले गत मे ३१ तारिकदेखि विदेशी कामदार ल्याउन रोक लगाएको थियो । तर आगामी सेप्टेम्बरदेखि खुला गर्ने तयारी पूरा भएको बताइएको छ ।

मलेसियाको गृह मन्त्रालयले गत शुक्रबार विदेशी कामदारको कोटा स्वीकृतिलगायतका अधिकार आफू माताहत लिएको सार्वजनिक गरेको थियो । यसअघि त्यहाँको मानव संशाधन मन्त्रालयअन्तर्गत रहेको विदेशी कामदारको कोटा स्वीकृति गर्ने वैदेशिक श्रमिक व्यवस्थापन महाशाखा (बीपीपीए) खारेज गरी गृह मन्त्रालयमा हस्तान्तरण गरिएको छ । प्लान्टेशन क्षेत्रमा भने अगष्ट  पहिलो साता मै  एप्रुभल खुला भैसकेको जानकार सूत्रहरुले बताएका छन् ।

नेपाली कामदारलाई मौका 

नयाँ एप्रुभलको शुरुवात भएपछि बंगलादेशी कामदारको तुलनामा नेपाली कामदारले प्राथमिकता पाउने आंकलनसमेत गरिएको छ । मलेसियामा इन्डोनेशियाली कामदारपछि नेपाली ठूलो संख्यामा रहेका छन् । तर सीप र दक्षताका दृष्टिकोणले नेपाली कामदारका मुख्य प्रतिस्पर्धी बंगलादेशी कामदार मानिन्छन् । बंगलादेशी कामदार सीप र दक्षता मात्रै नभइ कामदारको डिमाण्डको कमिशनका दृष्टिकोणले पनि नेपालीसँग प्रतिस्पर्धी मानिन्छन् ।

तर केही दिन अगाडि बंगलादेशमा भएको सत्ता परिवर्तन र नयाँ सरकार गठनका साथै बिबिध अन्योलका कारणले बंगलादेशी कामदारहरुको मलेसियामा गमन सहज छैन । त्यसको लाभ ढंग पुर्‍याउन सके नेपालले लिन सक्ने अवस्था बनेको छ । तर मलेसिया खुल्ने सुइँको पाएपछि नेपालका केही म्यानपावर कम्पनीका सञ्चालक कमिशनको बिटोको अफर गर्न थालिसकेको बताइएको छ ।

कति छन् मलेसियामा विदेशी कामदार ?

पछिल्लो विवरणअनुसार मलेसियामा २३ लाखभन्दा बढी विदेशी कामदार रहेका छन् ।  मलेसियामा औद्योगिक, निर्माण, सेवा, वृक्षारोपण, कृषि, घरेलु काम र खानी तथा उत्खनन क्षेत्रमा २३ लाख ७ हजार ७ सय ४६ विदेशी कामदार रहेको मलेसियाको मानव संशाधन मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये औद्योगिक क्षेत्रमा सबैभन्दा बढी ७ लाख ३० हजार ९ सय ९९, निर्माण क्षेत्रमा ६ लाख ४६ हजार ५ सय ८, सेवा क्षेत्रमा ३ लाख ९४ हजार ७ सय ३९, वृक्षारोपण अर्थात प्लान्टेशन क्षेत्रमा २ लाख ६३ हजार १ सय ५१, कृषि क्षेत्रमा १ लाख ७१ हजार १ सय ३ तथा घरेलु कामदारमा १ लाख ६ सय ७५ विदेशी कामदार रहेका छन् ।

एयर एसियाको फ्लाइट शुरुवात

मलेसियामा विदेशी कामदारको नयाँ एप्रुभलको तयारीसँगै मलेसियाको सस्तो एयरलाइन्सका रुपमा परिचित एयर एसियाले अक्टोबर महिनादेखि नेपालमा दैनिक तीन फ्लाइट शुरु गर्ने तयारी गरेको  छ । ५ वर्षपछि पुनः नेपाल फर्किएको एयर एसियाले काठमाडौंसँगै भैरहवाबाट सिधै थाइल्याण्ड उडान गर्ने गरी अनुमति पाएको छ ।

नेपालमा उडान अनुमति पाएको उक्त एयरलाइन्सले काठमाडौंमा ३ र भैरहवामा सातामा ४ वटा उडान गर्ने गरी अनुमति पाएको हो । यसअघि मलेसियाबाट काठमाडौंका लागि लगातार ६ वर्ष उडान गरेर बन्द गरेको उक्त वायुसेवाले अब भने थाइल्याण्डबाट पनि भैरहवा र काठमाडौंमा उडान गर्ने भएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise