२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

गणतन्त्र संस्थागत गर्न स्व. डा. गोविन्दबहादुर थापाको अहम् भूमिका थियो : माधव नेपाल

himalayanlife
लेखनाथ सिकारु
२०८१ जेठ २७ गते १३:१५
Shares
गणतन्त्र संस्थागत गर्न स्व. डा. गोविन्दबहादुर थापाको अहम् भूमिका थियो : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र संस्थागत गर्नमा स्व. डा. गोविन्दबहादुर थापाले अहम् भूमिका निर्वाह गरेको बताएका छन् ।

स्व. डा गोविन्दबहादुर थापा स्मृति प्रतिष्ठान काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा डा. गोविन्दबहादुर थापा स्मारिका लोकार्पण गर्दै पूर्वप्रधानमन्त्री नेपालले  भने, “स्वर्गीय डा थापाले विभिन्न पुस्तक, लेख, रचनामार्फत गणतन्त्रलाई सकारात्मक दिशामा लैजान सकारात्मक भूमिका निर्वाह गर्नुभएको थियो, जो हाम्रा लागि अविस्मरणीय छन् ।” 

अध्यक्ष नेपालले डा थापाको अर्थतन्त्रलाई विश्लेषण गर्ने दृष्टिकोण फरक रहेको भन्दै सबै युवालाई आवश्यक पर्ने, अर्थतन्त्र बलियो हुने खालका योजनाहरु अघि बढाउन आवश्यक रहेको बताए । 

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री सुरेन्द्र पाण्डेले डा. थापा केही गर्नुपर्छ भन्ने स्वभावको व्यक्ति भएको बताए । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले डा. थापा अर्थतन्त्रमा मात्र नभइ राजनीति र कला, साहित्यमा पनि उत्तिकै रुची राख्ने व्यक्ति भएको स्मरण गरे ।

कार्यक्रमको समापन गर्दै स्व. थापाकी श्रीमती तथा प्रतिष्ठानकी अध्यक्ष इन्दिरा थापाले स्व डा. थापा देशका लागि आवश्यक पर्ने एक प्रखर लेखक भएको बताइन् ।

डा. थापाले एसियाली विकास बैंकको फिलिपिन्समा वैकल्पिक कार्यकारी निर्देशक, चार पटक अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, नेपाल वायु सेवा निगमको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर काम गरेका थिए । २००८ कात्तिक १६ गते जन्मिएका थापाको विसं २०७८ मा काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कोभिड–१९ संक्रमणका कारण निधन भएको थियो ।

सम्बन्धित खबर