२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

मध्यान्ह
२०८१ साउन ३० गते ११:१६
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिंदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि शाहलाई २७ जनाको समर्थन आवश्यक पर्छ । यहाँ कांग्रेसका १८, माओवादी र एमालेका ११-११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन् ।

शाहलाई कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन छ । नागरिक उन्मुक्ति पार्टीसमेत सरकारमा भएकाले नाउपाका ७ जनाले मत दिने देखिएको छ ।  

शाह कांग्रेस र एमालेको समर्थनमा २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

ADV

सम्बन्धित खबर