२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

टीआरसी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको छ : देउवा

Nada
२०८१ साउन ३० गते १४:१५
Shares
टीआरसी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

ncell

बुधबार प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले एक अर्कालाई आलोचना गर्नेभन्दा पनि सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको प्रभावकारितामा ध्यान दिनुपर्ने बताएका हुन् ।

सभापति देउवाले टीआरसी विधेयक कानूनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताए ।

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न लागिपरेको बताए । 

शान्ति सम्झौतापछिको १८ वर्षको अवधिमा नेपाल द्वन्द्वका हतियार व्यवस्थापन, सेना समायोजन र संविधानको सफल प्रयासपछि मौलिकरूपमा शान्ति प्रक्रियाको बाटोमा रहेको उनले बताए ।

सभापति देउवाले प्रतिनिधि सभा प्रस्तुत टीआरसी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताए । सत्यको अनुसरण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर