२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

फेसबुकमा भरुवा बन्दुकसहितको फोटो पोस्ट गर्ने दुई जना पक्राउ

Nada
२०८३ भदौ ५ गते १४:३४
Shares
फेसबुकमा भरुवा बन्दुकसहितको फोटो पोस्ट गर्ने दुई जना पक्राउ

गोरखा : फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्स नभएको भरुवा बन्दुक राख्ने अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

भीमसेन थापा गाउँपालिका-२ सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका-१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनारले आफ्नो ‘प्रेम सुनार’ नामक फेसबुक आईडीबाट भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए ।

उक्त फोटोका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले सुनारलाई अनुमतिपत्र नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा उक्त बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङका ३३ वर्षीय विष्णु सुनारको भएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर