काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् ।
आज ललितपुर च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गईरहेको बताएका हुन् ।
अध्यक्ष ओलीले नेपाली कांग्रेसप्रति संकेत गर्दै सरकार ढाल्ने र टिकाउने खेल भन्दामाथि उठेर देशको हितका लागि प्रजातान्त्रिक अभ्यास गर्न दलहरुलाई आग्रह गरे ।
अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोसिस गरिरहेको दावी समेत गर्नु गरे ।
अध्यक्ष ओलीले योगसहितको आयुर्वेदलाई स्वास्थ्य अभियानकै रुपमा अघि बढाउने सके मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने पनि स्मरण गराए । त्यसका लागि सरकारलाई आवश्यक ध्यान दिन आफूले पनि सुझाव दिने उनको आश्वासन छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies