काठमाडौं : गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको सहकार्यमा ‘रातो कार’ बोलको लोक दोहोरी गीत भिडियोसहित सार्वजनिक गरिएको छ ।
गीतको भिडियो हालै त्रिपुरा म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । त्रिपुरा म्युजिकको प्रस्तुति रहेको गीतमा लीला र नकुलका साथमा गायिकाद्वय स्मृति गौतम तथा सानु धमलाको स्वर रहेको छ । गायक लीलाकै लय र संगीत रहेको गीतलाई पूर्ण गुरुङले एरेञ्ज गरेका हुन् ।
गीतमाथि बनेको आकर्षक भिडियोमा मोडलहरु लोमस शर्मा र अनु पराजुलीको साथमा सुदीप श्रेष्ठ, सुमन श्रेष्ठ, दीपा तामाङ र रुपा तिमल्सिनाको अभिनय र नृत्य रहेको छ ।
गायक तथा सर्जक लीलाको ‘सरर बसको झ्यालैमा’, ‘मलाई माया’, ‘कमल फूल फुल्यो’, ‘हातमा घडी’ जस्ता गीत चर्चित छन् भने गायक नकुलले यसअघि ‘कर्कलाको पानी’, ‘पीपलु र वर’, ‘सुनकोसीमा बलेफी दोभान’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।
मिलन श्रेष्ठले निर्देशन गरेको भिडियो राजाराम सिखडाले कोरियोग्राफ गरेका छन् । भिडियमो सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादन रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies