काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छाँयानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारु, लेखा अधिकृत लोकेन्द्र रावत र प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ । हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा अनियमितता भएको पाइएपछि आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने अगाडि सारेको कार्यक्रममा भ्रष्टाचार गरिएको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान शुरु गरेको थियो ।
मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याइ झुठो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ । आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत सारु र लेखा अधिकृत रावतविरुद्ध एक लाख ६१ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो । यस्तै नगरपालिकाका प्राविधिक सहायक भण्डारीविरुद्ध दुई लाख २३ हजार एक सय बराबरको बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies