जगत ठाडा मगर/मध्यान्ह
नवलपरासी : नवनिर्वाचित संघीय सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको समग्र विकासका लागि राष्ट्रसेवक कर्मचारीहरुसँग छलफल अघि बढाएका छन् । पश्चिम नवलपरासीको परासीमा चौधरीले सम्पूर्ण सरकारी कार्यालय प्रमुखहरुसँग छलफल गर्दै जिल्लामा कार्यान्वयनमा आउने सबै साना ठूला योजना तथा आयोजनाहरु सययमै र पारिदर्शीरुपमा निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
सो क्रममा हाल जिल्लामा पालिकास्तरदेखि प्रदेश र संघीय सरकारको लगानी भइरहेका योजना तथा आयोजनाहरुको विस्तृत अवस्था र आगामी दिनमा गर्न सकिने प्रयासबारे वृहत छलफल गरिएको थियो ।
छलफलमा बोल्दै पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद चौधरीले समृद्ध नवलपरासीको विकासमा आफू राष्ट्र सेवक कर्मचारीहरुको सहयोग र साथबाट अघि बढ्न चाहेको विश्वास व्यक्त गरे ।
सो क्रममा चौधरीले विकासका लागि स्थानिय तह, प्रदेश सरकार र संघीय सरकारको सहजीकरणमा हाल जिल्लामा कार्यान्वयनमा रहेका विकास निमार्णका कामलाई तीव्ररुपमा अघि बढाउने बताए ।
छलफल कार्यक्रममा जिल्लामा हालसम्म सञ्चालनमा रहेका स्थानीय तहदेखि राष्ट्रिय गौरवको आयोजनाको अवस्था, समस्या तथा समाधानको दीर्घकालीन उपायबारे छलफल भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies