२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

कांग्रेस महाधिवेशन : करिब एक दर्जन व्यवसायी केन्द्रीय समितिमा भिड्दै

Nada
२०८३ असोज २२ गते १२:०९
Shares
कांग्रेस महाधिवेशन : करिब एक दर्जन व्यवसायी केन्द्रीय समितिमा भिड्दै

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा वैदेशिक राेजगार पृष्ठभूमिका करिब एक दर्जन व्यवसायी कार्यसमितिका विभिन्न पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

ncell

वर्तमान कार्यसमिति सदस्य अब्दुल सत्तार मुस्लिमतर्फ सहमहामन्त्रीकाे माथिल्लो पदमा प्रतिस्पर्धामा छन् । उनका २ जना प्रतिस्पर्धी छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष तिलक बहादुर रानाभाट, किरण किशोर घिमिरे, केही समयअघि व्यवसायबाट अलग भएको घाेषणा गरेका ऋषि शर्मा खुला केन्द्रीय सदस्य  र व्यवसायी ऋषिराम कँडेल खसआर्य, अभिनयमान सिंह बस्न्यात ३५ वर्षमुनि केन्द्रीय सदस्यकाे उम्मेदवार छन् ।

व्यवसायी जवारदिन मिया मुन्ना मुस्लिमतर्फ, नेपाल वैदेशिक राेजथार व्यवसायी संघका पूर्वकार्यवाहक अध्यक्ष कमल तामाङ र युवराज गुरुङ जनजातितर्फ तथा राजेश्वर कुमार राय अपाङ्ग तर्फ केन्द्रीय सदस्य उम्मेदवार छन् ।

महाधिवेशनमा हाल एसोसिएसनमा आबद्ध १६ जना र विगतमा वैदेशिक राेजगार व्यवसायमा जाेडिएर छाेडेका गरी ४० जना हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको बताइएको छ ।  नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट ३ जना छनोट भएका छन् । कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव सुमनराज पाण्डे र  हिरादेबि बुढाथोकी महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

सम्बन्धित खबर