२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली राजदूतावास अबुधाबीमा शोकसभा

Nada
निशान्त पाठक
२०८३ भदौ २३ गते १५:०६
Shares
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली राजदूतावास अबुधाबीमा शोकसभा

दुबई : रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा नेपाली राजदूतावास, अबुधाबीले शोकसभा सम्पन्न गरेको छ ।

ncell

बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना प्रकट गरिएको हो । राजदूतावासले २०८३ भदौ २२ गते आयोजना गरेको शोकसभामा राष्ट्रियगान तथा मौनधारणसँगै दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

साथै, पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभ, अज्ञात व्यक्तिहरूको सकुशल उद्धार तथा पुनर्मिलनको कामना गरिएको थियो। नेपाल सरकारको निर्णयअनुसार राष्ट्रिय शोक मनाउँदै राजदूतावासको झण्डा आधा झुकाइएको थियो ।

शोकसभालाई सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । पीडित परिवारप्रति समवेदना प्रकट गर्दै विपत्तिको समयमा सहयोग गर्ने नेपाली समुदाय, विदेशी संघसंस्था तथा शुभचिन्तकहरूप्रति नेपाल सरकारको तर्फबाट आभार व्यक्त गरेका छन् ।

नेपाललाई सहयोग गर्ने विदेशी संघसंस्था, नेपाली समुदाय तथा शुभचिन्तकहरूप्रति धन्यवाद ज्ञापन गर्दै यूएईमा रहेको नेपाली समुदायले खुला हृदयले गरेको मानवीय सहयोगप्रति पनि उनले आभार व्यक्त गरेका छन् ।

शोकसभामा यूएईमा रहेका एनआरएनए, एनसीसी, गैरआवासीय नेपाली संघ, नेपाली समाज तथा विभिन्न सामाजिक एवं वैचारिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

uae

ताजा खबर

सम्बन्धित खबर