२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

जापानमा सुदूरपश्चिमेली समाजको श्रद्धाञ्जली सभा

Nada
पूर्ण चलाउने
२०८३ भदौ २३ गते १५:११
Shares
जापानमा सुदूरपश्चिमेली समाजको श्रद्धाञ्जली सभा

टोकियो : सुदूरपश्चिमेली नेपाली समाज जापानले भोटेकोशीलगायतका स्थानमा आएको बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

ncell

टोकियोको सिनकोइवास्थित पाइला किचेनको पाइला हलमा उक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।

श्रद्धाञ्जली सभामा समाजका अध्यक्ष विकास रोकायाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाजका अधिकांश पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा मौनधारण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिएको थियो । साथै, देश विपद्मा परेको बेला सबै नेपाली एकजुट भएर सहयोग गर्न समाजले अपिल गरेको छ ।

यसैबीच, केही दिनअघि सुदूरपश्चिमेली नेपाली समाज जापानले बाढीपीडितको सहयोगार्थ पहिलो चरणमा १ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

सुदूरपश्चिमेली कला–संस्कृतिलाई जापानमा समेत चिनाउने उद्देश्यले आयोजना गरिएको सुदूरपश्चिम महोत्सव २०२६ पनि रद्द गरिएको छ । उक्त महोत्सव सुदूरपश्चिमेली नेपाली समाज जापानको सेन्दाई शाखाले अक्टोबर ३ तारिख सेन्दाईको कोरियामामा आयोजना गर्ने तय गरेको थियो ।

देश विपद्मा परेको बेला महोत्सव गर्न उपयुक्त नभएको जनाउँदै सेन्दाई समाजले उक्त कार्यक्रम रद्द गरेको जनाएको छ ।

त्यसैगरी, सुदूरपश्चिमेली नेपाली समाजको साझा संस्था अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजले पनि केही दिनअघि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर