२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

भोटेकोशी बाढीपीडितका लागि मोना क्रोएसियाको १ लाख ५४ हजार सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ २३ गते १७:४१
Shares
भोटेकोशी बाढीपीडितका लागि मोना क्रोएसियाको १ लाख ५४ हजार सहयोग

दोहा, कतार : भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ क्रोएसियामा रहेका म्याग्दीवासीको साझा संस्था मोना क्रोएसियाले १ लाख ५४ हजार ४२१ रुपैयाँ सहयोग गरेको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिले सञ्चालन गरेको राहत संकलन अभियानअन्तर्गत उक्त रकम मोना अन्तर्राष्ट्रियको खातामा जम्मा गरिएको मोना क्रोएसियाले जनाएको छ ।

ncell

मोना क्रोएसियाले सेप्टेम्बर ६, २०२६ मा आयोजना गर्न लागेको आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम स्थगित गर्दै मानवीय राहत अभियानमा सहयोग गरेको हो । क्रोएसियामा समस्यामा परेका म्याग्देली तथा नेपाली र म्याग्दी जिल्ला तथा राष्ट्रिय विपत्तिमा समेत निरन्तर सहयोग गर्दै आएको संस्थाले विपद्को समयमा मातृभूमिका पीडितसँग हातेमालो गर्नु आफ्नो कर्तव्य भएको जनाएको छ ।

सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै मोना क्रोएसियाले सानो सहयोगले पनि पीडित परिवारमा आशा, भरोसा र नयाँ हिम्मत जगाउन सक्ने विश्वास व्यक्त गरेको छ । “मानवता हाम्रो पहिचान हो, एकता हाम्रो शक्ति हो र मातृभूमिप्रतिको माया हाम्रो जिम्मेवारी हो,” मोना क्रोएसियाका अध्यक्ष च बहादुर जुग्जालीले बताए ।

uae

ताजा खबर

सम्बन्धित खबर