२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

जेनजी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण भए-नभएको गम्भीर गर्नुपर्छ : सांसद केसी

Nada
२०८३ भदौ २४ गते १४:२६
Shares
जेनजी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण भए-नभएको गम्भीर गर्नुपर्छ : सांसद केसी

काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ कि भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ncell

गत वर्षको जेनजी पुस्ताको आन्दोलन सरकार परिवर्तनको लागि नभई राज्य सञ्चालनको संस्कार परिवर्तनको लागि भएको उनको भनाइ छ । उनले जेनजी आन्दोलनको मर्म अनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

सांसद केसीले अहिले बजारमा मल र ग्यासको हाहाकार भएको विषयमा सरकारको ध्यानाकर्षण समेत गराए । उनले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सबै पक्ष एकजुट भएर सामना गर्नुपर्ने समेत बताए ।

उनले भने, ‘जेन–जी आन्दोलन कुनै दल विशेषको थिएन । यो आन्दोलन सरकार परिवर्तनको लागि नभई संस्कार परिवर्तनको लागि थियो । सरकारको शैली परिवर्तनको लागि थियो । मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्यको लागि थियो । जुन राज्य र समाज जेनजी पुस्ताले परिकल्पना गरेको थियो । वास्तवमा हामीले त्यो पुरा गर्न सकेका छौँ कि छैनौँ ? त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ । अहिले चारैतिर हाहाकारको स्थिति छ । मलको हाहाकार, ग्यासको हाहाकार । तर अहिले यो समयमा हामी सबै एकै ठाउँमा उभिएर अहिले हामी सामु देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ । बाढीमा फसेका नागरिकको उद्धारमा केही कमजोरी भए पनि राम्रो भएको छ । टनेलमा फसेका नागरिकको उद्धारमा केही सुधार गर्नुपर्ने आवश्यकता पनि छ ।’

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण टनेलमा फसेका नागरिकको उद्धारमा सरकारले थप प्रभावकारी काम गर्न आवश्यक रहेको पनि बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर