२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

भारतमा ककरोच जनता पार्टीले अक्टोबर २ देखि ‘जेल भरो आन्दोलन’ गर्ने

Nada
२०८३ असोज १२ गते १४:५८
Shares
भारतमा ककरोच जनता पार्टीले अक्टोबर २ देखि ‘जेल भरो आन्दोलन’ गर्ने

काठमाडौं : भारतमा सक्रिय ककरोच जनता पार्टी (सिजेपी)ले आगामी अक्टोबर २ देखि ‘जेल भरो आन्दोलन’ सुरु गर्ने घोषणा गरेको छ ।

ncell

पार्टीका संस्थापक अभिजीत दीपकेले सोमबार सामाजिक सञ्जालमार्फत आन्दोलनबारे जानकारी सार्वजनिक गरेका हुन् । उनले एक्समा पोस्टर सार्वजनिक गर्दै मुम्बईको शिवाजी पार्कमा आन्दोलन गर्ने योजना रहेको उल्लेख गरेका छन् ।

सिजेपीले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग दोहोर्‍याउँदै आएको छ । पार्टीले यसअघि नै यदि उनले पदबाट राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने चेतावनी दिएको थियो ।

तर, मुम्बईमा उक्त आन्दोलन गर्नका लागि स्थानीय प्रशासनबाट अनुमति भने नपाएको जनाइएको छ ।

यस विषयमा प्रतिक्रिया दिँदै दीपकेले जनताको आवाज दबाउने प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले यस्तो कदमले लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप हुने दाबी गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर