२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

महाथिर मोहम्मदकी पत्नी सिटी हस्माको १०० वर्षको उमेरमा निधन

Nada
२०८३ असोज १२ गते १७:३५
Shares
महाथिर मोहम्मदकी पत्नी सिटी हस्माको १०० वर्षको उमेरमा निधन

मलेसिया : मलेसियाका पूर्वप्रधानमन्त्री तुन डा. महाथिर मोहम्मदकी पत्नी तथा देशकी पूर्व प्रथम महिला तुन डा. सिटी हस्मा मोहम्मद अलीको १०० वर्षको उमेरमा निधन भएको छ।

ncell

सिटी हस्माको सोमबार बिहान क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा निधन भएको हो। उनको निधनको पुष्टि छोरा तान श्री मोक्जानी महाथिरले गरेका हुन्। 

१२ जुलाई १९२६ मा जन्मनुभएकी सिटी हस्माले सन् १९५६ मा महाथिर मोहम्मदसँग विवाह गरेकी थिइन्। दम्पतीका सात सन्तान छन्। उनी मलेसियाका प्रारम्भिक मलय महिला चिकित्सकमध्ये एक हुनुहुन्थ्यो र सार्वजनिक स्वास्थ्य तथा सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहेकी थिइन् ।

महाथिर प्रधानमन्त्री रहेका दुई कार्यकाल (१९८१–२००३ र २०१८–२०२०)मा उनी प्रथम महिलाका रूपमा रहेकी थिइन् ।

प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले सिटी हस्माको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्। सरकारले उनलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ। 

सञ्चारमन्त्री फह्मी फाजिलले पनि उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै टेलिभिजन तथा रेडियोहरूलाई सम्मानस्वरूप आफ्ना कार्यक्रमको प्रस्तुति समायोजन गर्न आग्रह गरेका छन्।

ताजा खबर

सम्बन्धित खबर