मान बहादुर विश्वकर्मा/मध्यान्ह
कालीकोट, ९ पुस । सामाजिक अभियान्त एवं पत्रकार वीर तिरुवाले आफूमाथि जातीय भेदभाव भएको बताएका छन् । कालीकोट रास्कोट नगरपालिका वडा नं. ५ बस्ने तिरुवाले आफूमाथि सोही नगरपालिकाबाटै जातीय भेदभाव भएको बताएका छन् ।
रास्कोट नगरपालिका वडा नं. १ हेप्कोट बस्ने ३० वर्षीय अशोक कुमार शाही, उनका श्रीमति साविना कुमारी शाही (विना साविना ठकुरी) र उनकी साली पशुविना शाही (प्रीया शाही) ले सामाजिक रुपमा आफूमाथि जातीय विभेदमा खलल् पुग्ने गरी भेदभाव गरेको बताएका छन् ।
पीडक तीनै जनाले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने खालका विभिन्न अश्लील शब्दहरु प्रयोग गर्दै गाली गलौज गरेका तिरुवाले बताए ।
आपत्तिजनक र अपमान जनक शब्दहरुप्रति तिरुवाले शुक्रबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा जाहेरी समते दर्ता गरेका छन् । विभिन्न समयमा कुटपिट गर्ने योजना समेत तय गरेर फोनमा धम्की दिएको र सहन नसकी शुक्रबार जातीय विभेद सम्बन्धी जाहेरी दर्ता गराएको तिरुवालले बताएका छन् ।
जाहेरीमा वीर तिरुवाले आफुलाई सामाजिक रुपमा खलल् पुग्ने गरी गाली गरेको र सिंगो दलित समुदायको सामाजिक अस्तित्वलाई मेटाउने गरी भेदभाव गरेको हुँदा पीडकलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ र (पहिलो संशोधन) ऐन, २०७५ को दफा ३ को उपदफा १२ अनुसार कसुर गरेको हुँदा उक्त ऐनको दफा ७ (ख) अनुसार हुँदैसम्मको सजाय गरी उक्त ऐनकै दफा (९) अनुसार प्रचलित ऐन कानून कारबाही गरी पाउँ भनि जाहेरी दर्ता गराएको पीडित तिरुवाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies