२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपालले यु-१९ क्रिकेट विश्वकप छनोट आयोजना गर्ने

ADV
मध्यान्ह
२०८१ भदौ १ गते १४:२२
नेपालले यु-१९ क्रिकेट विश्वकप छनोट आयोजना गर्ने

काठमाडौँ : नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । नेपालले आइसिसी  १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको हो ।

आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले जनाएको छ । 

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise