२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

सरकारको प्रष्टीकरण- ‘चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’

Nada
२०८३ असोज १३ गते १७:३०
Shares
सरकारको प्रष्टीकरण- ‘चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’

काठमाडौं : सरकाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको नभई सुरक्षा प्रदान गर्न उद्धार गरिए सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ । 

ncell

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो प्रष्टिकरण दिएका हुन् ।

पूर्वप्रधानन्यायाधीश जबराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस कुरा पुष्टि भइसकेको मन्त्री पोखरेलको दाबी छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महाराजगञ्जस्थित घरबाट शनिबार राति पक्राउ गरेको थियो । पछि आइतबार दिउँसो उनलाई छोडिएको थियो ।

सरकारका प्रवक्ता पोखरेलले भने, ‘पूर्वप्रधानन्यायाधीशको बारेमा सबैतिरबाट प्रश्न आएको छ । उहाँलाई पक्राउ गरिएको होइन भन्ने कुरा प्रष्ट भइसकेको छ । पक्राउ गरिएको, नियन्त्रणमा लिइएको होइन । तपाईंहरुले देख्नु भएकै छ, उहाँको थप सुरक्षाको लागि परिवारबाट प्रहरी कार्यालयमा निवेदन पनि पठाउनुभएको छ । उहाँको सुरक्षामा प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि रेस्क्यु गरेर लगिएको हो । त्यो कुराको पुष्टि पछि उहाँहरुले नै सुरक्षा माग गरेर गरिसक्नुभएको छ ।’

२०७५ पुस १८ गतेदेखी प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।

ताजा खबर

सम्बन्धित खबर