२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

सामाजिक सञ्जालको दुरुपयोग रोक्न बलियो कानुनी आधार तयार गरिँदैछ : सञ्चारमन्त्री

Nada
२०८३ असोज १४ गते १५:१६
Shares
सामाजिक सञ्जालको दुरुपयोग रोक्न बलियो कानुनी आधार तयार गरिँदैछ : सञ्चारमन्त्री

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेको ठगी, ह्यारेसमेन्ट र भ्रामक सूचना सम्प्रेषणको समस्यालाई सम्बोधन गर्न सरकारले विशेष कानुनी ढाँचा निर्माण गरिरहेको बताएका छन् ।

ncell

संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा हुने बुलिङ र चरित्र हत्याका घटनाहरू मन्त्रालयको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारले तर्जुमा गरिरहेको आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमा गलत र भ्रामक सूचना प्रवाह गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने प्रावधानहरू समेटिएको बताए । उनले आगामी दिनमा यी विधेयकहरू संसदमा पेश गर्ने तयारी भइरहेको बताए । 

आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रममार्फत सामाजिक सञ्जालमा हुने सामग्रीको तथ्य जाँच (फ्याक्ट चेक) गर्ने कार्य अघि बढाइएको पनि उनले जानकारी दिए ।

नियतवश गलत र प्रमाणविहीन समाचार फैलाउने सञ्चारगृह तथा व्यक्तिहरूलाई जवाफदेही बनाउनुपर्ने सांसदहरूको मागप्रति सरकार सहमत रहेको मन्त्रीको भनाइ छ । यसका लागि गृह मन्त्रालय र साइबर ब्युरोसँग निरन्तर समन्वय भइरहेको उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर