२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

राजनीतिक आन्दोलनलाई आर्थिक विकाससँग जोड्न आवश्यक : महामन्त्री पौडेल

Nada
२०८३ असोज १४ गते १८:४०
Shares
राजनीतिक आन्दोलनलाई आर्थिक विकाससँग जोड्न आवश्यक : महामन्त्री पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई अधिकारको विषयमा मात्र सीमित नराखी आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन् ।

ncell

बुधबार काठमाडौँमा कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित दुई पुस्तकको विमोचन कार्यक्रममा पौडेलले आर्थिक विकासलाई राजनीतिक दल र सरकारको प्राथमिकतामा राख्नुपर्ने बताए ।

राजनीतिक दर्शन, सामाजिक बहस र शैक्षिक पाठ्यक्रममा आर्थिक विषयलाई पर्याप्त स्थान दिन नसक्दा आर्थिक उन्नतिबारे समाजमा आवश्यक बहस हुन नसकेको उनको भनाइ थियो । राजनीतिक दलका घोषणापत्र र बहसमा समेत उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन प्राथमिकतामा पर्न नसकेको उनले बताए ।

मुलुकमा उपलब्ध स्रोतसाधनको वैज्ञानिक परिचालनबाट मात्रै आर्थिक स्रोत जुटाएर विकासलाई गति दिन सकिने उल्लेख गर्दै पौडेलले युवालाई वैदेशिक रोजगारीमा पठाएर मात्रै मुलुकको आर्थिक विकास सम्भव नहुने बताए ।

उनले कृषि र औद्योगिकीकरणलाई प्राथमिकतामा राख्दै स्पष्ट नीति र ठोस कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर