२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

हिमलुङ हिमालमा थप तीन शव भेटिए, अझै नौ जना बेपत्ता

Nada
२०८३ असोज १४ गते १८:५२
Shares
हिमलुङ हिमालमा थप तीन शव भेटिए, अझै नौ जना बेपत्ता

काठमाडौं : मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँपहिरोमा परी बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेला परेको छ ।

ncell

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बुधबार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला परेको हो ।

उनीहरू हिमालय होलिडेजसँग आबद्ध रहेको प्रशासनले जनाएको छ । यसअघि चार जनाको शव फेला परिसकेको थियो। थप तीन जनाको शव भेटिएसँगै मृतकको संख्या सात पुगेको छ भने अझै नौ जना बेपत्ता छन् ।

बेपत्तामध्ये हिमालय होलिडेजका सात र इम्याजिन नेपालका दुई जना रहेको प्रशासनले जनाएको छ ।

बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर