२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

एउटै बेन्चमा ५ जनासम्म विद्यार्थी, पढाइ प्रभावित

Nada
कृष्ण तिवारी
२०८३ असोज १४ गते २०:५६
Shares
एउटै बेन्चमा ५ जनासम्म विद्यार्थी, पढाइ प्रभावित

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–३ मेवास्थित आधारभूत विद्यालय मेवामा डेस्क–बेन्चको चरम अभाव हुँदा विद्यार्थीहरू एउटै बेन्चमा पाँच–पाँच जनासम्म कोच्चिएर बस्न बाध्य भएका छन् । 

ncell

विद्यालयका प्रधानाध्यापक रामजन्म महतोका अनुसार पर्याप्त डेस्क–बेन्च नहुँदा विद्यार्थीको सिकाइ प्रक्रियासँगै स्वास्थ्यमा समेत प्रत्यक्ष असर परिरहेको छ । एउटै बेन्चमा धेरै विद्यार्थी बस्नुपर्दा उनीहरूलाई कापीमा सहज रूपमा लेख्नसमेत कठिन हुने गरेको उनले बताए।

कक्षाकोठामा विद्यार्थीको चाप बढी हुँदा शिक्षकले पढाएको विषयमा ध्यान केन्द्रित गर्न पनि समस्या  हुने गरेको प्रधानाध्यापक महतोको भनाइ छ । डेस्क–बेन्चको अभावमा साना बालबालिकाहरू धुलो वा चिसो भुइँमा बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

त्यस्तै, परीक्षाको समयमा पर्याप्त डेस्क–बेन्च नहुँदा विद्यार्थीहरूलाई खुला चौरमा समेत राखेर परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक महतोले बताए ।

स्थानीय समाजसेवी तथा शिक्षाप्रेमी बिरेन्द्र यादवले विद्यालयमा देखिएको डेस्क–बेन्चको समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार, शिक्षा मन्त्रालय तथा सम्बन्धित सरोकारवाला निकायले आवश्यक फर्निचरको तत्काल व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।  उनले बालबालिकालाई सहज र सुरक्षित वातावरणमा अध्ययन गर्ने अधिकार सुनिश्चित गर्न विद्यालयको भौतिक पूर्वाधारमा ध्यान दिन आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर