२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

आकाशमै पाइलटबीच झडप, भारतीय क्याप्टेनको साहसको प्रशंसा

१४ हजार फिट तल झरेको विमानलाई तबुकमा सुरक्षित अवतरणपछि भारतीय क्याप्टेन स्मित मच्छारको साहसको प्रशंसा

Nada
२०८३ असोज १५ गते १२:५९
Shares
आकाशमै पाइलटबीच झडप, भारतीय क्याप्टेनको साहसको प्रशंसा

काठमाडौं : फ्लाई दुबईको एफजेड–१०७३ उडान ३० सेप्टेम्बर बिहान दुबईबाट तेल अभिवका लागि उडेको थियो । विमानभित्र १७४ जना यात्रु र चालक दलका सदस्य थिए । उडान सामान्य रूपमा अघि बढिरहेको अवस्थामा विमान तीव्र गतिमा तल तल झर्‍यो ।  

ncell

विमान करिब ३४ हजार फिटबाट केही मिनेटको अवधिमा करिब १५–१७ हजार फिटको आसपास झरेको थियो । त्यसक्रममा विमानले सामान्य आपन्कालीन अवस्थाको संकेत र केही समयपछि विमानमाथि गैरकानुनी हस्तक्षेप भएको संकेत दिने कोड प्रसारण गरेको थियो । 

त्यसपछि तेल अभिवतर्फ जानुपर्ने विमान साउदी अरबको तबुकतर्फ मोडियो । 

अचानक ककपिटबाट आएको घटनाले उडानको दिशा नै बदलियो । दुई पाइलटबीच भएको झडपपछि विमानले केही समयमै असामान्य रूपमा उचाइ गुमाउन थाल्यो । करिब १४ हजार फिट तल झरेपछि विमानमा रहेका यात्रुहरूमा त्रास फैलियो । उडानले आपत्कालीन संकेत प्रसारण ग¥यो र अन्ततः गन्तव्य तेल अभिव पुग्नुअघि साउदी अरबको तबुकतर्फ मोडियो । 

घाइते अवस्थामा पनि क्याप्टेन स्मित मच्छारले ककपिटको ढोका खोल्न सफल नभएको भए यो घटना अझ गम्भीर बन्न सक्थ्यो । त्यसपछि यात्रु तथा चालक दलका सदस्यले भित्र प्रवेश गरेर स्थिति नियन्त्रणमा लिन सहयोग गरेका थिए । विमानमै रहेका अफ–ड्युटीमा रहेका चालक दलका सदस्यहरूले त्यसपछि उडानको नियन्त्रण सम्हाल्न र विमानलाई सुरक्षित रूपमा तबुक पु¥याउन सहयोग गरे । 

करिब एक घण्टाभन्दा लामो समयको तनावपूण स्थितिपछि विमान तबुकको प्रिन्स सुल्तान बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भयो । विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ । पछि उनीहरूलाई अर्को विमानमार्फत तेल अभिव पठाइएको थियो । 

प्रारम्भिक विवरणअनुसार ककपिटमा क्याप्टेन र सहपाइलटबीच झडप भएको थियो । रोइटर्सका अनुसार, सहपाइलटले क्याप्टेनमाथि धारिलो आक्रमण आक्रमण गरेको र त्यसपछि विमानले तीव्र रूपमा तल खस्न थालेको थियो । 

फ्लाई दुबईले घटनाको कारण र उद्देश्यबारे तत्काल निष्कर्षमा नपुग्न आग्रह गरेको छ । संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन निकायले घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गरिरहेको जनाएको छ । 

क्याप्टेन मच्छार घाइते भएपछि पनि ककपिटको ढोका खोल्न सफल भएको देखिन्छ । त्यसपछि केही यात्रु र चालक दलका सदस्य ककपिटमा प्रवेश गर्न सके । विमानमा संयोगले अफ–ड्युटी फ्लाई दुबईका चालक दलका सदस्यसमेत यात्रामा थिए । उनीहरूले ककपिटको अवस्था सम्हाल्न र विमानलाई सुरक्षित अवतरणतर्फ लैजान सहयोग गरेका थिए । 

घटनापछि भारतीय क्याप्टेन स्मित मच्छारको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूले पनि उनको साहसको प्रशंसा गरेको समाचार छ ।  

भारतीय सञ्चारमाध्यमका अनुसार मच्छार महाराष्ट्रको मुम्बईस्थित घाटकोपरका हुन् । उनले व्यावसायिक उडान करिअर स्पाइसजेटबाट सुरु गरेका थिए । सन् २०११ मा स्पाइसजेटमा प्रवेश गरेका उनी त्यहाँ करिब ११ वर्ष कार्यरत रहे र सिनियर क्याप्टेनसम्म पुगे । 

सन् २०२० नोभेम्बरदेखि उनी लाइन ट्रेनिङ क्याप्टेनको भूमिकामा समेत थिए । यस्तो भूमिकामा पाइलटलाई प्रशिक्षण दिने र उनीहरूको उडान क्षमताको मूल्यांकन गर्ने जिम्मेवारी हुन्छ । सन् २०२२ जुनमा उनी फ्लाई दुबईमा डाइरेक्ट इन्ट्री क्याप्टेनका रूपमा जोडिएका थिए । उनको सार्वजनिक व्यावसायिक प्रोफाइलमा बोइङ ७३७–८०० र ७३७ म्याक्स विमानमा करिब ९ हजार ७५० घण्टाको उडान अनुभव रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्पाइसजेटमै उनले ६ हजार ४०० घण्टाभन्दा बढी पाइलट–इन–कमाण्डका रूपमा उडान गरेका छन् । 

तबुकमा अवतरणपछि मच्छारलाई अस्पताल लगिएको थियो । भारतीय दूतावासले उनी उपचाररत रहेको र अवस्था स्थिर रहेको जनाएको छ । घटनामा संलग्न सहपाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन् । 

ताजा खबर

सम्बन्धित खबर