२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

Nada
२०८३ असोज १५ गते १४:५२
Shares
पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)
तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

पोखरा : फिर्के खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानले बिहीबारदेखि पुनः निरन्तरता पाएको छ । गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो । तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरू गरिएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले बताए ।

ncell

May be an image of one or more people, train and text

२०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० संरचनामध्ये यसअघि १ सय ४ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो । यसअघि भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन् ।

May be an image of text

बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेको बताइएको छ । चालु आर्थिक वर्षभित्र खोला घरका सबै संरचना हटाउने योजना रहेको महानगरपालिकाको पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले बताए । संरचना हटाएर खोला घर खाली गरेपछि संरक्षणको काम अघि बढाइने उनले सुनाए ।

May be an image of one or more people and text

महानगरले गत जेठ १० गतेदेखि खोलाघरमा बनेका संरचना एकसाथ तीन ठाउँबाट डोजर चलाएर हटाउन थालेको थियो । भत्काउनुअघि महानगरले ३५ दिनको समय दिएको थियो ।

May be an image of text

May be an image of one or more people, crowd, temple and text

May be an image of text

May be an image of text

May be an image of one or more people and street

May be an image of text

May be an image of one or more people and text

May be an image of one or more people and text

ताजा खबर

सम्बन्धित खबर