२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा आचार्य

draupadi film
सपना बोहरा
२०८१ भदौ १ गते १६:५१
एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा आचार्य

दाङ : नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलकाे नेतामा चेतनाराण आचार्य चयन भएका छन् । शनिबार बुटवलमा बसेको संसदीय दलको बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका आचार्यलाई दलको नेतामा  चयन गरेको हो ।

दलको उपनेता आचार्यलाई केन्द्रीय नेतृत्वबाट मुख्यमन्त्री बनाएपछि तत्काल दलको नेता रहेका पूर्वमुख्यमन्त्री लीला गिरी असन्तुष्ट बनेका थिए भने उनले साउन ७ गते दलको नेताबाट राजीनामा दिएका थिए ।

गिरीले दलको नेताबाट राजीनामा दिएको एक महिनापछि दलको बैठक बसेर आचार्यलाई दलको नेता बनाएको हो । मुख्यमन्त्री आचार्यको अध्यक्षता तथा   नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । 

बैठकले एमाले संसदीय दलको उपनेतामा भाेज प्रसाद श्रेष्ठ, प्रमुख सचेतकमा तुल्सिप्रसाद चाैधरी र सचेतकमा यमुना राेका तामाङलाई चयन गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise