
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लामिछानेले कांग्रेसको सबैभन्दा ठूलो सामर्थ्य र कमजोरी दुवै उसको इतिहास भएको टिप्पणी गरे। कांग्रेसले निष्ठालाई राजनीतिक पुँजीका रूपमा प्राथमिकता दिएको भए आफू पनि कांग्रेसमा हुनसक्ने भन्दै उनले पार्टीको राजनीतिक अभ्यासप्रति व्यंग्य गरे।
'निष्ठालाई पुँजी मानेको भए, भौतिक पुँजीलाई मानक नमानेको म पनि कांग्रेस हुन्थेँ होला । पिछडिएको मानिसलाई समानुपातिक भनिरहँदा अवसर पाएकोलाई प्राथमिकता नदिएको भए मै पनि कांग्रेस हुन्थेँ होला । अरूको चुनाव चिन्हमा भोट हाल भनेर उर्दी जारी नगरेको भए म पनि कांग्रेस हुन्थेँ होला,' उनले भने ।
लामिछानेले कांग्रेसको लामो राजनीतिक यात्रालाई उसको पहिचानको महत्वपूर्ण आधारका रूपमा चित्रण गरे। तर, त्यही इतिहास पार्टीका लागि चुनौतीको कारणसमेत बन्न सक्ने उनको संकेत थियो।
उनको भनाइ कांग्रेसले विगतको राजनीतिक विरासतसँगै वर्तमानका राजनीतिक अभ्यास र निर्णयलाई पनि पुनरावलोकन गर्नुपर्ने सन्देशका रूपमा आएको छ।