२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

प्रथम उपाध्यक्ष बस्नेत सद्‍भावनादूतका रूपमा सम्मानित

Nada
२०८३ असोज १७ गते ०६:१५
Shares
प्रथम उपाध्यक्ष बस्नेत सद्‍भावनादूतका रूपमा सम्मानित

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेत युनिभर्सल पिस फाउन्डेसनको सद्‍भावनादूतकारूपमा चयन भएका छन् ।

ncell

वैदेशिक रोजगार व्यवसायी तथा श्रम क्षेत्रको जिम्मेवार भूमिकासँगै शान्ति, सद्भाव र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेख्य काम गरेको योगदानको कदरस्वरूप ग्लोवल राइजिंग ग्रुपका अध्यक्षसमेत रहेकी व्यवसायी बस्नेतलाई उक्त सम्मान गरिएको हो ।

प्रथम उपाध्यक्ष बस्नेतले शान्तिपूर्ण समाज निर्माणका लागि सभ्य र असल नागरिकका रूपमा सकेको सकारात्मक काम गर्नु आफ्नो जिम्मेवारी रहेको बताए ।

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले उक्त सम्मानले व्यवसायी बस्नेतको योगदानलाई थप उचाइ प्रदान गर्ने विश्वास लिएको बताए ।

सम्बन्धित खबर