
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट ३ जना महाधिवेशन प्रतिनिधिमा छनाोट भएका छन् ।
कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव सुमनराज पान्डे र हिरादेवी बुढाथोकी महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् ।
यसअघि ५ वा ७ प्रतिनिधि पाउने चर्चा भएपनि अन्तिममा ३ जना मात्रै पठाउन पार्टीको पत्र प्राप्त भएपछि सर्वसम्मतिले महाधिवेशन प्रतिनिधि छानिएकाे कार्यवाहक अध्यक्ष लामाले जानकारी दिए ।