२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

साफ यु-२० च्याम्पियनसिप : नेपालको विजयी शुरुवात

ADV
मध्यान्ह
२०८१ भदौ २ गते १७:१७
साफ यु-२० च्याम्पियनसिप : नेपालको विजयी शुरुवात

काठमाडौं : घरेलु टोली नेपालले साफ यु-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ ।

नेपालका लागि निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निराजनले २४औं मिनेटमा गोल गरेका थिए ।  नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर हरु बनाएपनि सदुपयोग गर्न सकेन ।

नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्ने छ ।  श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्ने छ ।

च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise