२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु

Nada
२०८३ कार्तिक ९ गते १८:५७
Shares
गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु

गुल्मी : गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सोमबार गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जा वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।

छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ । दुवैको अवस्था मध्यम रहेको जनाइएको छ ।

दुर्घटनामा निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, स्कारपियो चालक स्याङ्जा वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे तथा कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवल खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि मृत्यु भएको छ ।

सम्बन्धित खबर