२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि

ADV
मध्यान्ह
२०८१ भदौ ३ गते २०:०५
नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिगको मिति र लोगो सार्वजनिक भएको छ । क्यानले सोमबार एक कार्यक्रमका बीच प्रिमियर लिगको लोगोसहित मिति सार्वजनिक गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको मिति र लोगो सार्वजनिक गरेका हुन् । क्यानका अनुसार प्रतियोगिता मंसिर १५ गतेदेखि शुरु हुनेछ भने पुस ६ गतेसम्म चल्नेछ । राष्ट्रिय खेदकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिबद्धता जनाएका छन् ।

क्यानका सचिव पारस खड्काले घरेलु क्रिकेटको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गरे । उनले लिगले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै लिगमा सहभागिताका लागि चासो देखाउने सबैलाई धन्यवाद दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise