२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अध्यक्ष ‘प्रचण्ड’द्वारा खेलाडीको बिदाइ

ADV
मध्यान्ह
२०८१ भदौ ४ गते १२:०६
अध्यक्ष ‘प्रचण्ड’द्वारा खेलाडीको बिदाइ

काठमाडौँ  : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् ।  

अध्यक्षले दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन् । त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै उनीहरूको सफलताको कामना गरे । 

कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि.आरलगायत सहभागी थिए ।

यही भदौ ८ र ९ गते जापान टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुँदैछ ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise