२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

सरकार र पार्टीबीच कुनै विवाद छैन, आलोचनालाई फुटको संकेतका रूपमा नबुझ्नुस् : रवि लामिछाने

Nada
२०८३ कार्तिक २८ गते १८:०३
Shares
सरकार र पार्टीबीच कुनै विवाद छैन, आलोचनालाई फुटको संकेतका रूपमा नबुझ्नुस् : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन् ।

शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारलाई पार्टीले दिने सल्लाह, सुझाव तथा आलोचनाका विषयलाई लिएर अनावश्यक हल्ला फैलिने गरेको बताए । उनले यस्ता हल्लाहरूमा विश्वास नगर्न आग्रह गर्दै पार्टी र सरकारबीचको सम्बन्धमा कुनै समस्या नरहेको उल्लेख गरे ।

उनका अनुसार सरकार आफ्ना प्रतिबद्धता पूरा गर्ने दिशामा केन्द्रित भएर काम गरिरहेको छ । रास्वपाले आफ्नै सरकारलाई दिने सुझाव, सल्लाह र आलोचनालाई पार्टीभित्रको फुटका रूपमा नभई बलियो आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।

लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने पार्टी भएकाले रास्वपाले पक्ष र विपक्षमा हुने बहस तथा फरक मतलाई सकारात्मक रूपमा लिने गरेको पनि उनले बताए ।

कार्यक्रममा सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई काम गर्ने अवसर दिएको उल्लेख गर्दै प्राप्त जनमतअनुसार जनताले परिवर्तनको अनुभूति गर्न पाउनुपर्ने बताए । विशेषगरी मधेशका जनताले अहिलेको अवसरबाट पनि परिवर्तनको आशा र अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू भोट माग्न नआउने उनको भनाइ थियो ।

जनतालाई झुक्याएर मत माग्ने राजनीतिक संस्कार आफूहरूलाई स्वीकार्य नहुने बताउँदै उनले मधेशी जनताको जीवनमा परिवर्तन ल्याउने आशा, भरोसा र विश्वासका साथ प्राप्त अवसरलाई निराशामा बदल्न नदिन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

जनताले दिएको विश्वास र जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिँदै लामिछानेले जनताको अपेक्षाअनुसार परिणाम दिने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर