२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

बालेन, रवि र गेलालसँगका तस्बिर तथा भिडियो पठाउन आह्वान, उत्कृष्टलाई नगद पुरस्कार

Nada
२०८३ मंसिर १ गते १५:२१
Shares
बालेन, रवि र गेलालसँगका तस्बिर तथा भिडियो पठाउन आह्वान, उत्कृष्टलाई नगद पुरस्कार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र सूर्य लामा सँगै देखिएका तस्बिर वा भिडियो पठाउन आह्वान गरेको छ ।

सचिवालयले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का क्रममा खिचिएका ती तस्बिर र भिडियोको प्रतियोगिता फागुन १२ गते आयोजना गर्ने जनाएको छ । प्रतियोगिताबाट तीन जना विजेता छनोट गरी नगद पुरस्कार दिइनेछ ।

सूचनाअनुसार सहभागीले आफूले खिचेको तस्बिर वा भिडियो सचिवालयमा पठाउनुका साथै आफ्नै सामाजिक सञ्जालमा पनि पोस्ट गर्नुपर्नेछ । पुरस्कारको रकम पछि भिडियो सन्देशमार्फत सार्वजनिक गरिने सचिवालयले जनाएको छ ।

उदयपुर-१ बाट निर्वाचित सांसद गेलालको सचिवालयले गरेको उक्त घोषणाको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर