२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

लामो समयदेखि सक्रिय राजनीतिमा नदेखिएकी श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् । उनले आफ्नो अनुभव, ज्ञान र सीपलाई काठमाडौँको विकास तथा सुशासनका लागि उपयोग गर्ने उद्देश्यले मेयरमा उठ्ने निर्णय गरेको उल्लेख गरेकी छन् ।

Nada
२०८३ मंसिर २ गते १२:४१
Shares
काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौँ : पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् ।

लामो समयदेखि सक्रिय राजनीतिमा नदेखिएकी श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् । उनले आफ्नो अनुभव, ज्ञान र सीपलाई काठमाडौँको विकास तथा सुशासनका लागि उपयोग गर्ने उद्देश्यले मेयरमा उठ्ने निर्णय गरेको उल्लेख गरेकी छन् ।

श्रेष्ठले काठमाडौँलाई समृद्ध र व्यवस्थित बनाउँदै महानगरको रूपान्तरणका लागि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । उनी पार्टीको सहमहामन्त्रीसमेत बनेकी थिइन्। पछि पार्टीको राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले रास्वपा छाडेकी थिइन् ।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा सरकार गठन हुने क्रममा पनि श्रेष्ठ सक्रिय देखिएकी थिइन् । उनी कार्कीको शपथग्रहण समारोहमा जेनजी प्रतिनिधिहरूसँगै सहभागी भएकी थिइन् ।

मेयर पदमा उम्मेदवारी दिने घोषणासँगै श्रेष्ठले अब राष्ट्रिय राजनीतिबाट स्थानीय तहको नेतृत्वतर्फ आफ्नो राजनीतिक यात्रा अघि बढाउने संकेत गरेकी छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर