२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भारतीय नम्बरको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

ADV
महमद सदाब
२०८१ भदौ ४ गते २२:१०
भारतीय नम्बरको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

वीरगञ्ज : भारतीय नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्युु हुनेमा मोटरसाइकलमा सवार वीरगञ्ज छप्कैया निवासी २९ वर्षीय फैयाजुल हक उसमानी रहेका छन् । 

हकको मृत्यु पश्चात आवश्यक क्षतिपूर्ति र कारबाहीको माग गर्दै मृतक उसमनीका परिवारले प्रहरीमा जाहेरी दिएका छन् । साउन ३१ गते राति साढे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित माइदिया पोखरी नजिकको बाइपास सडकखण्डमा दुर्घटना भएको हो । मृतक वीरगञ्ज  महानगरपालिकाको सूचना प्रविधि शाखामा काम गर्थे । आफ्नो काम सकेर बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने मोटरसाइकल चालक जयमंगलराज गुप्तासँग घर फर्किने क्रममा दुर्घटना भएको हो । 

गुप्ताले चलाएको मधेश प्रदेश ०३–००५ प. ५७२२ नम्बरको मोटरसाइकलमा पछाडि बसेर फैयाजुल घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन् । 

बाइपास सडकमा बि.आर २२ बि.सी.०४९२ नम्बरको भारतीय होन्ड्याई कारले मोटरसाइकललाई ठक्कर दिएको थियो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिबा बस्ने २० वर्षीया प्रिया कुमारी सर्राफले उक्त कार चलाएकी थिइन् । 

कारको ठक्करबाट मोटरसाइकल चालक जयमंगलराज गुप्ताको शरीरको विभिन्न भागहरुमा सामान्य चोट लागेको छ भने पछाडि सवार फैयाजुलको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । 

दुर्घटनापछि फैयाजुललाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि गण्डकस्थित नेपाल मेडिसिटी बयोद्या अस्पतालमा लगिएको थियो । सोमबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सकले मृत घोषणा गरेपछि शवलाई सनाखतको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । कार चालकलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । य

सअघि स्थानीयहरुले नारायणी अस्पताल अगाडि  टायर बालेर विरोध प्रदर्शन समेत गरेका थिए । जिल्ला प्रहरीले  मुद्दा दर्ता भएपछि आफन्तहरुले अस्पतालबाट शव बुझेर आन्दोलन फिर्ता लिएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise