दाङः दाङको तुलसीपुरमा निर्माण हुन लागेको ट्रेड टावर निर्माणको काम अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिकाको साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको हो ।
लिफ्टसहित सात तलाको टावर निर्माणका लागि अहिले जग निर्माण गर्ने कार्य भइरहेको छ । साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावरको निर्माण तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ । रु. २३ करोडमा बोलपत्र आह्वान गरिए पनि समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक साढे १४ करोडमा ठेक्का लिएको बताइएको छ ।
कूल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । ‘भूमिगत गाडी पार्किङ’ पनि निर्माण हुनेछ । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालनमा आउनेछन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies