२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

स्पोर्टस अवार्ड’ मा पाँच खेलाडी मनोनयन

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते १७:२१
स्पोर्टस अवार्ड’ मा पाँच खेलाडी मनोनयन

काठमाडौंः नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला खेलाडी कविता भटृ, कबड्डीकी मानमति विष्ट, राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र रग्बी खेलका श्रीराम श्रेष्ठ मनोनयनमा परेका हुन् । 

यस्तो छ खेलाडीको विगत 

सोह्र वर्षे उमेरमा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका गुल्शनले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका छन् । आइसिसी एसिया टि ट्वान्टी विश्वकप एसिया छनोटको फाइनल ओमानविरुद्धको खेलमा उनले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । त्यतिबेला गुल्शनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरी सर्वाधिक ५४ रन बनाएका थिए । सर्लाही मलंगवामा जन्मिएका गुलशनले ३२ ट्वान्टी ट्वान्टी र २७  एकदिवसीय अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । देब्रेहाते ब्याटर एवम दाहिने हाते बलर झा नेपाल पुलिस क्लबमा आबद्ध छन् । 

यसैगरी राष्ट्रिय महिला भलिबल टोलीकी नियमित सदस्य भट्ट सहभागी काभा महिला नेसन्स लिग–२०२४ मा नेपाल उपपविजेता बन्दा महत्वपूर्ण योगदान दिएकी थिइन् । त्यस्तै उनी चीनमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएकी थिइन् । त्यसैगरी नेपालमा नै आयोजना भएको १६औँ ढोरपाटन डबल लिग भलिबल २०८०, चौथो टाइगर कप २०८० लगायतको विभिन्न प्रतियोगिताको उपाधि एपिएफले जित्दा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन ।  डडेलधुरामा जम्मिएकी भट्ट हाल एपिएफ क्लबमा आबद्ध छिन् ।

सोह्र वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउदाँ महत्वपूर्ण योगदान गरेकी छन् । साउदी अरेबियामा भएको आठौ वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनको खेल प्रर्दशन उत्कृष्ट रहेको थियो । त्यस्तै यु–१५, यु– १८ र यु–२० नेपाली राष्ट्रिय टोलीमा कप्तानको भूमिका निर्वाह गरेकी उनले विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेकी छन् । सोलुखुम्बुमा जन्मिएकी उनी एपिएफ क्बलमा आबद्ध छिन् । 
 
यसैगरी नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दादेखि नै महत्वपूर्ण योगदान दिएको रग्बी खेलाडी श्रीरामले चीनमा भएको १९औँ एयिसाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । यसैगरी भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागिता जनाएका उनले २०१६ मा चेन्नईमा नै भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र सन् २०१८ मा सिङ्गापुरमा भएको एसियन रग्बी सेभेन्समा सहभागिता जनाएका थिए ।

उनले सन २०२२ मा भारतमा भएको विश्व रग्बी फिप्टिन्स डिभिजन ३ मा कप्तानीको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगिता रग्बी खेलको डिभिजन ३ मा नेपाल पहिलो पटक प्रवेश गरेको थियो । उनी काभ्रेमा जन्मिएका हुन् । 

भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मिएकी मानमतिले चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । त्यसैगरी काठमाडौँमा नै भएको १३औँ सागमा कबड्डी खेलबाट रजत पदक जितेकी थिएन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन् ।

मनोनित हुने उक्त पाँच जना खेलाडीमध्ये एक जना खेलाडीले पिपल्स च्वाइस अवार्डको उपाधि जित्नेछन् । पिपल्स च्वाइस विजेतालाई नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इ सेवाको भोटिङमार्फत मत दिन पाइनेछ । यसमा इ सेवाको मतभार ५० प्रतिशत हुनेछ भने सामाजिक सञ्चाल फेसबुक मतभार–२५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव प्रतिशत तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए ।  उक्त विधाका विजेताले पल्सरको एनएस चार सय सिरिज मोटरसाइकल प्राप्त गर्नेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise