२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मुख्य प्रशिक्षकमा भट्ट र योन्जन नियुक्त

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १५:५५
मुख्य प्रशिक्षकमा भट्ट र योन्जन नियुक्त

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ति गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिइएको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यसअघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

यस्तै भलिबलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ वर्षदेखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भएपछि भट्टलाई जिम्मेवारी दिइएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुवै जनालाई मुख्य प्रशिक्षमा नियुक्ति दिएका हुन् । नियुक्ति पत्र बुझाउँदै घिसिङले सम्बन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise