२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भुटानलाई हराउँदै नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १७:०९
भुटानलाई हराउँदै नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

 काठमाडौं : नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीसुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नेपाललाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण योगदान दिए ।

नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise