२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

यु–२० साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

ADV
मध्यान्ह
२०८१ भदौ १० गते १९:५३
यु–२० साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

काठमाडौं : डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशले भारतमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यस्तै हिजो भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको थियो । 

खेलको निर्धारित ९०औं मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे ।

भारतका लागि परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे भने केल्भिन सिंह र आकाश टिर्के गोल गर्नबाट चुके । त्यसअघि खेलको ३७औं मिनेटमा बंगलादेशका असदुल मोल्लाले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । 

त्यस्तै भारतले खेलको ७५औं मिनेटमा बराबरी गोल फर्कायो । भारतका लागि ग्वाङ्गसार गोएरीले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा बंगलादेश १० खेलाडीमा समेटिएको थियो । बंगलादेशका कामासाइ मार्माले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएका थिए । तर त्यसको सदुपयोग भने भारतले गर्न सकेन । 

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यही भदौ १२ गते हुने फाइनल खेल पनि एन्फा कम्प्लेक्समा हुनेछ ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise