२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

जयपृथ्वी राजमार्ग मर्मतमा ध्यान नदिएको भन्दै ध्यानाकर्षण

draupadi film
सत्यराज सिंह
२०८१ भदौ १० गते २१:२१
जयपृथ्वी राजमार्ग मर्मतमा ध्यान नदिएको भन्दै ध्यानाकर्षण

बझाङ : बझाङ जिल्लालाई अन्य जिल्लासँग जोड्ने मुख्य जयपृथ्वी राजमार्ग मर्मतमा ध्यान नदिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल बझाङले ध्यानाकर्षण गरेको छ । 

जिल्लालाई अन्य जिल्लासँग जोड्ने र मुख्य लाइफलाइनको रुपमा रहेको जयपृथ्वी राजमार्ग ८० प्रतिशत क्षेत्रमा क्षतविक्षत भएको भएपनि त्यसको मर्मतका लागि सरोकारवाला निकायको ध्यान नगएको भन्दै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो । 

जयपृथ्वी राजमार्गको बागथला–चैनपुर सडक खण्ड वर्षातको कारणले ८० प्रतिशत क्षतविक्षत भइ जताततै बिग्रे भत्केको भएपनि सडक विभाग, सडक डिभिजन कार्यालय बैतडी तथा सम्बद्ध निकायले बिग्रे भत्केको सडक मर्मतका लागि हालसम्म कुनै चासो नदेखाएकोले उपभोक्ता हित संरक्षण मञ्च नेपाल बझाङ शाखाको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तीमार्फत जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ‘वर्षायाममा जतिबेला पनि सडक बिग्रन सक्ने भएकोले सडक डिभिजन कार्यालय बैतडी तथा सम्बद्ध निकाय चनाखो भइ यातायात सुव्यवस्थित गराउन लागि रहनु पर्नेमा वर्षात सकिन लागि भाद्र महिनाको दोस्रो हप्ता बितिसक्दासम्म पनि बर्षातको कारणले बिग्रेको सडक मर्मतका लागि कुनै चाँसो नदेखाउदा गौरा पर्व, तीज जस्ता विभिन्न चाडवाडका बेला बझाङ आउने जाने यात्रुहरु सास्ती झेली रहनु भएको र बिग्रेकै सडकका कारण र यातायात व्यावसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण जतिबेला पनि ठूलो दुर्घटना नहोला भन्न सकिँदैन ।’

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बझाङ शाखा अध्यक्ष अधिवक्ता दलबहादुर धामीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सडक डिभिजन कार्यालय बैतडी तथा जयपृथ्वी राजमार्ग जोडिएका पालिकाहरु समेतले बागथला–चैनपुरको जयपृथ्वी राजमार्गको बिग्रेको खण्ड मर्मत गर्नका तत्काल शुरू गर्न अनुरोधसमेत गरिएको छ । 

साथै यातायात व्यावसायीहरुको अस्वस्थ प्रतिस्पर्धालाई रोकी व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय बझाङ, जिल्ला प्रहरी कार्यालय बझाङ, ट्राफिक प्रहरी कार्यालय बझाङ र जिल्लास्थित सम्बद्ध निकायहरुको ध्यानाकर्षण गराइएको अधिवक्ता धामीले बताए । विज्ञप्तिमार्फत सडकको तत्काल मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकार, सडक विभाग, यातायात पूर्वाधार तथा यातायात मन्त्रालय समेतलाई जयपृथ्वी राजमार्गको बागथला–चैनपुर सडक खण्ड मर्मतका तत्काल पहल थाल्नको लागि अनुरोध गरिएको धामीले बताए ।

ADV

सम्बन्धित खबर

Advertise