२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामै सीमित

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते १६:४२
बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामै सीमित

काठमाडौं : नेपाललाई पराजित पार्दै बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।

बंगलादेशको जितमा मिराजुल इस्लामले दुई तथा रब्बी हुसेन र अहमेद नोभनाले समान एक गोल गरे । नेपालका लागि समीर तामाङले एक गोल फर्काए ।

पहिलो हाफमा १-० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।

मिलजुलले पहिलो हाफको अन्त्यमा फ्रि-किक मार्फत गोल गर्दै सुरुआती अग्रता दिलाए ।

खेलको ५५औं मिलजुल इस्लामले गोल गर्दै खेलमा २-० को अग्रता दिलाए ।

७१औं मिनेटमा मिलजुलको पासमा रब्बी हुसेनले गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ को अबस्थामा ल्याए। तर, इन्जुरी समयमा बंगलादेशका लागि नाेभाले गाेल गर्दै ४-१ काे जित दिलाउँदै बंगलादेश च्याम्पियन बन्यो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise