२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Nada
सत्यराज सिंह
२०८१ भदौ १२ गते २१:४५
Shares
आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–९ देवलमा बुधबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । नेपालको संविधान २०७२ अनुसार प्रत्येक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी निःशुल्क सेवा प्रवाह गर्ने नीति अनुसार जयपृथ्वी नगरपालिका–९ देवल विमानस्थल गेट नजिकै आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको हो । 

ncell

आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना भएसँगै वडा नम्बर ९ को जाग्रीवाडा, देवल, खोलाबाडा, रिठापाटा, घोडाबेगाउना र पानीपाटा बासीसँगै छिमेकी वडाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुने भएको छ । यस आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अब एक जना अहेब, एक जना अनमी र एक जना कार्यालय सहयोगी रहने जयपृथ्वी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नैनबहादुर सिंहले बताए । 

उनका अनुसार नगरपालिकासँग मौजुदा कर्मचारी भएकाले अस्पतालमा रहेका तीनै जनालाई यस आधारभुत स्वास्थ्य सेवा केन्द्रमा खटाइने भएको छ । 

आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप सेवा,एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन् स्वास्थ्य जस्ता मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवा,सरूवा रोग सम्बन्धी सेवा,नसर्ने रोग तथा शारीरिक विकलाङ्ता सम्बन्धी सेवा,मानसिक रोग सम्बन्धी सेवा,जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी सेवा,सामान्य आकस्मिक अवस्थाका सेवा,स्वास्थ्य प्रवर्द्धन सेवा,आयुर्वेद तथा अन्य मान्यता प्राप्त वैकल्पिक स्वास्थ्य सेवा लगायतका सेवा उपलब्ध हुने पनि स्वास्थ्य शाखा प्रमुख सिंहले जानकारी दिए ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन कार्यक्रम वडाध्यक्ष गोपालबहादुर खड्काको सभाध्यक्षतामा सञ्चालन भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख चेतराज बजाल रहेका थिए । कार्यक्रममा बोल्दै जयथ्वी नगरपालिका प्रमुख चेतराज बजालले आधारभुत स्वास्थ्यचौकि विमानस्थल नजिक भएकाले घुम्न आउने पर्यटकहरुले पनि सहज रुपमासेवा लिने बताए । समुन्नतिको पहिलो आधार नै स्वास्थ्य भएकाले स्वस्थ नागरिक तयारका लागि स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको उनले बताए । 

यस्तै अतिथिहरु नगर कार्यापालिका सदस्य उत्तराकुँइकेल, स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामी, विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधि, संघसंगठनका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, विभिन्न संस्थाका प्रतिनितिधि, कर्मचारी लगायत रहेका थिए ।

स्वास्थ्य शाखा प्रमुख नैनबहादुर सिंहले आधारभूत स्वास्थ्य सेवा केन्दको स्थापना तथा सञ्चालन सम्बन्धीको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष गोपाल खड्काले आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्नु आफ्ना लागि निकै ठूलो गौरवको विषय भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर